विश्व संगीत दिवस: पश्चिमी संस्कृतिजस्तै विश्व संगीत दिवसको प्रभाव नेपालमा पनि बढ्दै

काठमाडौं  । आज विश्वज संगीत दिवस । २१ जुनलाई संगीतका पारखीले विश्व संगीत दिवसका रुपमा मनाउने गरेका छन् । नेपालीको मौलिक पर्व नभए पनि आज यो दिवस संगीतकर्मीले विभिन्न सांगीतिक कार्यक्रमको आयोजना गरी विश्व संगीत दिवस मनाउदैछन् ।
अन्य पश्चिमी संस्कृतिजस्तै विश्व संगीत दिवसको प्रभाव नेपालमा पनि बढ्दै गएको छ । नेपाललगायतका केही दक्षिण एसियाली मुलुकमा श्रीपञ्चमीलाई संगीत दिवसकै रुपमा मनाउने गरिएको छ ।
अमेरिकाका संगीतकार जोल कोहेनले सन् १९७३ मा सर्वप्रथम यो दिवसका बारेमा अवधारणा अघि सारेका थिए । उनको विचारमा सहमत भएर फ्रेन्च संगीत एवम् नृत्य निर्देशक मौरिस फ्लेरेटले सन् १९८२ देखि यस दिनलाई विश्व संगीत दिवसका रुपमा मनाउने चलन वसालेका हुन । यस दिवसको औपचारिक सुरुवात भने १९८७ मा फ्रान्सबाट भएको पाइन्छ ।
विश्व संगीत दिवस पारेर नेपाल सांगीतिक संघले चार स्रष्टालाई आज सम्मान गर्दैछ । आज र भोलि दुई दिन मनाउन लागिएको विश्व संगीत दिवसमा राष्ट्रकवि माधवप्रसाद घिमिरे, गायक फत्तेमान राजभण्डारी, संगीतकार अम्बर गुरुङ र बाद्यबादक गोपालनाथ योगीलाई सम्मान गरिने जनाइएको छ ।
RSS