
उनी मंगलबार स्थानीय समय अनुसार करिब साँझ ५ बजे मुम्बईस्थित आर्थर रोड जेलबाट रिहा भएका जनाइएको छ । २० दिन प्रहरी हिरासतमा बसेर सुरज मंगलबार रिहा भएका हुन् ।
यद्यपी सुरजको पासपोर्ट अदालतले जफत गरेको छ भने उनलाई हरेक दुई दिनमा एक पटक जूहू प्रहरी चौकीमा उपस्थित हुन निर्देशन दिइएको जनाइएको छ ।
यसअघि सुरजले स्थानीय अदालतमा जमानतका लागि गरेको अपील खारेज भएको थियो । त्यसपछि यसका विरुद्ध सुरजका वकिलले मुम्बईको उच्च अदालतमा अपील गरेका थिए ।
२२ वर्षीय सुरजलाई गत जुन १० तारिखका दिन जियालाई आत्महत्या गर्न उक्साएको आरोपमा मुम्बई प्रहरीले गिरफ्तार गरेको थियो । जुन ३ तारिखका दिन जियाले मुम्बईस्थित आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरेकी थिइन् ।
त्यसपछि जियाकी आमा राबिया खानले आत्महत्याको कारण सुरजसँगको प्रेम सम्बन्ध र सुरजले गर्ने गरेको शारीरिक तथा मानसिक उत्पीडन भएको दाबी गरेकी थिइन् । त्यस्तै जियाको आत्महत्याको ५ दिनपछि जियाको



