काठमाडौं । काठमाडौंको असन बालकुमारीमा बालकुमारी पूजा गरियो । ग्वसाखलः ले गरेको बालकुमारी पूजामा तीन सय ६५ जना बालिकाहरुलाई कुमारीको रुपमा पूजा गरियो ।
प्रत्येक वर्ष असारको शनिबार पारेर गरिने बालकुमारी पूजामा असनस्थित बालकुमारीको मन्दिरमा पूजा पाठ गरी दुई वटा बोका बलि चढाएपछि बालकुमारी पूजा सुरु हुन्छ ।
गणेश, कुमार, भैरब, मूल कुमारी, नक्कु र स्वक्कुलाई पूजा गरी बालकुमारीको प्रसाद चढाएपछि बाँकी तीन सय ३५ जना कुमारीहरुलाई पुजिन्छ ।
पूजामा ग्वसाखलःकोतर्फबाट कुमारीहरुलाई समयबजी र फलफूल वितरण गरेपछि श्रद्धालु तथा भक्तजनहरुले आआफ्नो इच्छाअनुसार मिठाई, फलफूल, बिस्कुट, चक्लेट तथा पैसा दान गर्छन ।



