पोखरामा गन्धर्ब गुञ्जन संगीत उत्सव

पोखरा । गन्धर्ब जातिको प्रमुख बाजा सारंगीको संरक्षण र प्रर्वद्धन गर्ने उद्देश्यले पोखरामा गन्धर्ब गुञ्जन संगीत उत्सव सुरु भएको छ ।
 
नेपाल संगीत नाट्य एकेडेमी काठमाडौंको आयोजना र पोख्रेली युवा साँस्कृतिक परिवारको संयोजनमा सुरु भएको उत्सवको नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति अमर गुरुङले उद्घाटन गरेका हुन् ।

उत्सवको उद्घाट्न गर्दै कुलपति गुरुङले जमाना अनुसार परिमार्जन र परिस्कृत गर्न नसक्दा सारंगी र अर्बाजोको महत्व बढ्न नसकेको बताए ।

सारंगी र अर्बाजोको संरक्षण तथा प्रचार