– अर्जुन भुसाल
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको धारापानी गाविस वाड नम्वर – ६ बाजखर्कका बावुराम भुसाल सदरमुकाम सन्धिखर्कमा कपाल काट्ने काममा व्यस्त छन् । दुई वर्ष अघि देखी ड्राईभर पेशा छाडेर यस पेशामा लागेका उनी यस पेशाप्रति निकै सन्तुष्ट छन् ।
कपाल काट्ने पेशामा देशका अधिकांश ठाउमा मदेशी समुदायका ठाकुर जातका व्यक्तिहरु हुने गर्छन् । जिल्लामा पनि यस पेशामा भुसाल वाहेक अरु सवै मदेशी समुदायका व्यक्ति नै छन् । तर उनले भने कपाल काट्ने पेशालाई नै उत्तम ठाने । सुरुसुरुमा धेरैले खिसी गरे पनि अहिले आफ्नै कामबाट सवै अचम्म परेको उनको भनाई छ । डाईभर भएर घुमेर खानी वानी लागेको छ, तैले यो काम गर्न सक्दैनस भनेर सुरुसुरुमा धेरै साथीहरुले गिज्याए ,उनले भने ।
सदरमुकाममा आषिश हेअर ड्रेसर सञ्चालन गरेका उनले, अहिले मासिक रुपमा १५ देखि २० हजार सम्म कमाउने गरेको सुनाए । ड्राईभर छदाँ मासिक १० देखि १२ हजार सम्म कमाई हुन्थ्यो, दुख पनि उत्तिकै हुन्थ्यो उनले भने तर अहिले सजिलै सोँचे जति आम्दानी भएको छ । २९ वर्षिय भुसाल आफुले जीवन भरिनै यहि पेशालाई निरन्तरता दिने बताए ।
दुई वर्ष अघि सदरमुकाममै रहेको एउटा हेअर कटिङ्गमा रहेर करिव तिन महिना सम्म तालिम लिएर काम शुरु गरेको उनले बताए । उनले आफु मात्र नभएर अरु साथीहरुलाई पनि यो पेशा प्रति आर्कषित गरेको बताए कोहि साथी म सँग तालिम गर्न आए सिकाउँछु, उनले भने कमाई राम्रै भएकाले यस पेशा प्रति आर्कषण वढाउनु पर्छ। उनले कुनै पेशालाई जात विशेषले गर्ने पेशाको रुपमा हेर्न नहुने बताए । उनले कुनै पेशालाई विभेदको दृष्टिले पनि हेर्न नहुने उनको भनाइ छ । सक्षम भएमा जुनसुकै पेशा गर्न पनि हुने बताए । पहिले गिज्याउदै गर्दै हिडनेहरु पनि अहिले काम राम्रै भएको देख्दा सवै छक्क पर्ने गरेको उनले सुनाए । उनको हेअर ड्रेसरमा अहिले विहान देखि वेलुका सम्म नै विभिन्न सेवा लिनेको भिड लाग्ने गर्छ । उनले कपाल काटने देखी लिएर हेअर ड्रसरमा हुने सम्पूर्ण सेवाहरु सञ्चालन गरेका छन् ।
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।