दाङ – पानीमा डुबेर दाङमा आइतबार एक बालकको मृत्यु भएको छ ।
घोराही नगरपालीका १० निबासी ८ वर्षीय साईमान बुढा मगरको सेवार खोलामा बन्न लागेको पुलमुनिको खाल्डोमा डुबेर मृत्यु भएको हो ।
खाल्डोमा डुबेर बेहोस भएका बुढाको उपचारकालागि घोराहीस्थित राप्ती उपक्षेत्रीय अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
RSS