समलिङ्गी/तेस्रोलिङ्गीहरुलाई एमालेका तर्फबाट प्रतिनिधित्व गराइने

काठमाडौं । नेकपा एमालेका सचिव विष्णु पौडेलले आशन्न संविधानसभाको निर्वाचनमा आफ्नो पार्टीले समाजका सबैपक्षलाई समेट्ने बताएका छन् । संविधानसभा नेपाली जनताको प्रतिनिधिहरुको साझा थलो भएको भन्दै उनले आगामी संविधानसभामा सबैको उपस्थिति रहने दाबी गरे ।

 

समलिङ्गी/तेस्रोलिङ्गीहरुको मातृसंस्था नीलहिरा समाजको मानवअधिकार बिभागमा कार्यरत भक्ति शाहको नेतृत्वमा मंगलबार गएको टोलीसँगको कुराकानीमा सचिव पौडेलले यौनिक तथा लैङ्गीक अल्पसंख्यकलाई पनि आगामी संविधानसभामा एमालेले प्रतिनिधित्व गराउने आश्वासन दिए ।

भक्ति शाहले विगतको संविधानसभा निर्वाचनका लागी तयार पारेको एमालेको घोषणा पत्रमा पनि एमालेले यौनिक तथा लैङ्गीक अल्पसंख्यकलाई समाबेश गर्ने बताए पनि त्यो ब्यबाहारमा कार्यान्वयन नगरेको गुनासो गरे । शाह यौनिक तथा लैङ्गीक अल्पसंख्यक विद्यार्थी मञ्चका अध्यक्ष समेत छन् । 


जवाफमा सचिव पौडेलले विगतमा जेसुकै भएपनि अब त्यसो नहुने प्रतिबद्धता जनाउदै बिगतका तिता कुराहरुलाई विर्सिएर अब सहकार्य गरेर अघि बढ्नु पर्नेमा जोड दिए । भेटमा तेस्रो लिङ्गी पुरुष विष्णु अधिकारीले समलिङ्गी/ तेस्रोलिङ्गीहरुको मुद्धा र मागको संबोधन गर्न पनि आँफुहरुको उपस्थिति संविधानसभामा अनिवार्य रहको बताएका थिए ।

 

RSS