महिला युरो २०१३ फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक स्विडेनलाई डेनमार्कले बराबरी

महिला युरो फूटबलमा स्विडेन र डेनमार्क बराबरीमहिला युरो २०१३ फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक स्विडेनलाई डेनमार्कले बराबरीमा रोकेको छ ।

 

गोटेबर्गमा डेनमार्कले स्विडेनलाई १-१ गोलको बरबरीमा रोकेको हो । निला फिसरको गोलमा स्विडेनले अग्रता बनाए पनि मारियान गज्हेडेको गोलमा डेनमार्कले बराबरी गरेको हो ।

 

दोस्रो हाफमा दुई पेनाल्टी चुकाएपछि स्विडेनले बराबरीमा चित्त बुझाउनु प-यो ।

 

प्रतियोगिता अन्तर्गत सोही समूह एको अर्को खेलमा इटालीले फिनल्यण्डसँग गोल रहित बराबरी खेल्यो । समूह बीको खेलमा आज राति नर्वे र आईसल्याण्ड तथा जर्मनी र नेदरल्याण्डस्बीच प्रतिस्पर्धा हुनेछ ।

 

AGENCIES