नेपाल माल्दिभ्ससँग ३-० ले पराजित

काठमाडौं । प्रथम दक्षिण एसियाली आमन्त्रण कप भलिबल प्रतियोगितामा आयोजक नेपालको यात्रा समुह चरणबाटै टुंगीएको छ । समुहको अन्तिम खेलमा माल्दिभ्ससँग ३-० ले पराजित भएपछि नेपाल समुहबाटै बाहीरीयो । 
काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा सम्पन्न खेलमा माल्दिभ्सले नेपाललाई कुनै मौका नै दिएन ।
पहीलो सेट १७-२५ ले गुमाएको नेपाल दोस्रो सेटमा १५-२५ ले पछि प-यो । तेस्रो सेट केही प्रतिस्पर्धात्मक भएपनि २२-२५ मा यो सेट गुमाउदै नेपालले समुह चरणबाटै बिदा लिएको हो ।जीतसँगै माल्दिभ्सले भने फाईनलमा स्थान पक्का गरेको छ । माल्दिभ्सले अब उपाधिको लागि श्रीलंकासँग खेल्नेछ । समुहको अन्तिम खेलमा अफगानिस्तानलाई ३-० ले हराउदै श्रीलंका समुह विजेता बनेको छ । अफगानिस्तान विरुद्धको खेल श्रीलंकाले २५-२०, २५-२२ र २५-१३ ले आप्mनो पक्षमा पा-यो । 
दक्षिण एशीयाका चार राष्ट्र सम्मिलित प्रतियोगिता राउण्ड रोबिन लिगको आधारमा खेलाईएको हो । लिग चरणमा शिर्ष दुई स्थान हात पार्ने टोलीहरुविच फाईनल भिडन्त हुनेछ । लिगका तीन खेलबाट श्रीलंकाले ९ अंक जोडेको छ भने माल्दिभ्सले ६ अंक जोडेको छ ।
RSS