आज साउने संक्रान्ति, साँझ घरघरबाट लुतो फाल्ने परम्परा

काठमाडौं  । आज साउने संक्रान्ति । यस दिनबाट सौर्यमान अनुसार सूर्य दक्षिणायनतिर गई कर्कट रेखामाथि पुग्ने भएकाले यसलाई कर्कट संक्रान्ति पनि भनिन्छ । 
असारे वर्षा र हिलोबाट आउन सक्ने विभिन्न रोगबाट बच्न आज साँझ घरघरमा लुतो फाल्ने परम्परा पनि छ ।  दाद, लुतो, खटिरा जस्ता छालाजन्य रोगबाट बच्न कुकुरडाईनो, काग भलायो, कुरिलो, पानीसरो, गलेनी जस्ता बनस्पति जलाएर घरको आँगनबाट साँझ चारै दिशातर्फ अगुल्टो फाल्ने गरिन्छ ।
कृषिप्रधान देशमा असार महिनाभर धान रोप्नका लागि व्यस्त हुने कृषकहरु खेतीपातीका सामग्री थन्काएर हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी भोज खाने चलन पनि छ ।
RSS