एक दशकदेखि मलेसियामा बस्दै आएका गायक बुद्ध थापाको गाउँदागाउँदै अचानक हृदयाघातबाट निधन

photo

 

एक दशकदेखि मलेसियामा बसेर गाउँदै आएका गायक बुद्ध थापाको निधन भएको छ । क्वालालम्पुरस्थित एउटा होटलको जमघटमा  गायिका पत्नी रोजी श्रेष्ठसँग गाउँदागाउँदै ४७ वर्षीय उनलाई अचानक हृदयाघात भएको थियो ।

‘यो मनलाई अचेल….’, ‘तरी जाऊ भन्थें….’ लगायत गीतका गायक बुद्धले १३ वर्षदेखि मलेसियामा गायन पेसा गर्दै आएका थिए । रेडियो नेपालमा झन्डै तीन दर्जन गीत रेकर्ड गराएका उनको मंगलबार आर्यघाटमा दाहसंस्कार गरियो ।


सिरहा गोलबजारका उनका ११ वर्षीय छोरा र पत्नी छन् । ‘उनी निकै मिहिनेती र मिलनसार थिए,’ उनीसँग सानैदेखि सहकार्य गरेका संगीतकार आनन्द राईले भने । 

 

RSS