जिम्बाबे विरुद्धको दोस्रो एक दिवसीय क्रिकेट खेलमा भारत ५८ रनले विजयी भएको छ । जीतको लागि २ सय ९५ रनको चुनौती पाएको जिम्बाबेले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३६ रन मात्रै जोडेपछि भारत विजयी भएको हो ।
हरारेमा आज सम्पन्न खेलमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले शेखर धवनको एक सय १६ तथा दिनेश कार्तिकको ६९ रनको मद्धतले ८ विकेट गुमाएर २ सय ९४ रन बनायो ।
विराट कोहलीको कप्तानीमा उत्रिएको भारतले खराव सुरुवात गर्ने क्रममा ६५ रन जोड्दा ४ विकेट गुमाएको थियो । तर, धवन र कार्तिकले पाँचौं विकेटका लागि १ सय ६७ रनको साझेदारी गरेपछि भारत सम्मानजनक योगफल बनाउन सफल भएको हो ।
जवाफमा २ सय ९ रनको लक्ष्य पछ्याएको घरेलु टोली २ सय ३६ रनमै समेटियो । यसअघि भएको पहिलो खेल पनि जितेको भारतले पाँच खेलको श्रृंखलामा २