काठमाडौं । राजधानी काठमाडौंमा जारी दोस्रो साफ यु-१६ फुटबल च्याम्पियनसीपको फाइनलमा प्रवेश गरेको छ । दशरथ रंगशालामा आज भएको पहिलो सेमिफाइनलमा बंगलादेशमाथि ५-१ को शानदार जित निकाल्दै नेपाल पहिलो पटक फाइनलमा पुगेको हो ।
यसअघि काठमाडौंमै भएको पहिलो प्रतियोगितामा सेमिफाइनलसम्मको यात्रा तय गरेको नेपालले यसपटक भने सशक्त प्रदर्शन गर्दै उपाधि दावेदारी दिएको हो । बंगलादेशमाथि हावी हुने क्रममा नेपालले खेलको सुरुवातदेखि नै गोलको वर्षा गरेको थियो ।
आठौं मिनेटमा सुजन लिम्बुको गोलबाट अग्रता लिएको नेपालले बीसौं मिनेटमा विमल घर्ती मगरको गोलबाट अग्रतालाई दोब्बर पारेको थियो । त्यसको तीन मिनेटमै अन्जन विष्टले गोल थप्दै नेपालको अग्रतालाई ३