
काठमाडौ : मिस ग्लोबल इन्टरनेसनल-२०१३ को उपाधि आस्था मानन्धरले जितेकी छिन् । मोडल ग्लोवल भिसाज् कन्सल्टेन्सीले आइतबार राजधानीमा आयोजना गरेको प्रतियोगीताको तेस्रो संस्करणको फाइनलमा आस्थाले आफ्ना २७ जना प्रतिस्पर्धी सुन्दरीलाई पछि पार्दै वेस्ट वाकसहित शीर्ष उपाधि जितेकी हुन् ।
उत्कृष्ट पाचमा परेकी आस्थालाई जज प्यानलका डिआइजी नवराज सिलवालले महिला हिंसा कसरी न्युन गर्न सकिन्छ भन्ने प्रश्न सोधेका थिए । उनले महिला हिसा अन्त्य गर्नका लागि हरेक परिवार सजक हुनुपर्ने जवाफ दिएकी थिइन् । आस्थाले शीर्ष उपाधिसंगै नगद दुई लाख र बिदेश पढ्न जानका लागि प्लेन टिकेट प्राप्त गरेकी छिन् । उनले जापानमा यसै वर्ष आयोजना हुने मिस इन्टरनेशलन ग्लोबल