काठमाडौं । गोर्खा बु्रअरीले टुबर्ग स्टेज-लेट्स गेट लाउड उद्घोषसहित दुई महिना लामो बृहत सांगीतिक कन्सर्ट गर्ने भएको छ । कम्पनीले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सांगीतिक तयारीबारे विस्तृत जानकारी गराएको हो ।
देशका विभिन्न भागमा चरणबद्ध रुपमा सांगीतिक कार्यक्रम गरिने भएको हो । सबैका लागि संगीत भन्ने मूल उद्देश्यका साथ गरिन लागेको यस कन्सर्टले सबै संगीतप्रेमीलाई मनोरञ्जन प्रदान गरिने कम्पनीले जनाएको छ ।
कम्पनीले टुबोर्ग म्युजिकल ट्रकबाट सांगीतिक यात्रा गर्नेदेखि मुलुकका ६ प्रमुख शहरमा ख्यातिप्राप्त ब्याण्डका कलाकारहरुको कन्सर्ट गर्ने भएको हो । कन्सर्टमा ब्याण्डहरु १९७४ एडी, रोविन एण्ड द न्यू रिभोलुसन, गायक निमा रुम्बा, सविन राई लगायतको सहभागिता रहने जनाइएको छ ।



