मड्रिड । जोन गाम्पर फुटबल प्रतियोगिताको उपाधि आयोजक बार्सिलोनाले जितेको छ । आफ्नै मैदान क्यामप नुमा स्पेनिस क्लव बार्सिलोनाले ब्राजिलियन क्लव सान्तोसलाई ८-० को भारी गोलअन्तरले हराउँदै उपाधिमा कब्जा जमाएको हो ।
प्रतियोगिताको ४८ औं संस्करणमा जित दर्ता गराउँदा बार्सिलोनाले ३६ औं पटक यो उपाधि चुमेको हो । बार्सालाई जिताउन सेस फेब्रिगासले २ गोल गरे भने स्टार लियोनल मेसी, एलेक्सेस सान्चेज, पेड्रो रोड्रिगाज, एड्रियानो र डोङगोले १