काठमाडौंको स्वयम्भुस्थित किमडोल विहार-निर्वाण मूर्तिमा सञ्चालित तीन दिने महापकरण पट्ठान पाली पूजा सम्पन्न

काठमाडौं । राजधानी काठमाडौंको स्वयम्भुस्थित किमडोल विहार-निर्वाण मूर्तिमा सञ्चालित तीन दिने महापकरण पट्ठान पाली पूजा आज सम्पन्न भएको छ । 
विश्व शान्ति र सम्पूर्ण मानवको सुस्वास्थ, दीर्घायु र शान्तिको कामना गर्दै सुरु गरिएको पूजामा धम्माचार्य र गुरुमाहरुले धार्मिक प्रवचन दिएका थिए ।
 
महापकरण पट्ठान पाली पूजामा गौतम बुद्धले बोधगयामा बुद्धत्व प्राप्त गर्ने क्रममा चौंथो साता प्राप्त गरेका ज्ञान बाचन गर्ने गरिन्छ । 
किमडोल महाविहारमा हरेक वर्ष तीन दिन यो पूजाको आयोजना गरिन्छ ।
RSS