आँखा नदेखे पनि भाका गुन्जाउदै – एल्बम बजारमा ल्याउन सहयोगको आशा

दुबइ – म्याग्दी पाखापानी गाबिस ठाडाखानिकी दृष्टिबिहीन सन्ध्या छन्त्यालले आफ्नै सुरिलो स्वरमा पहिलो लोकदोहोरी एल्बम सम्झौता कि बाध्यता रेकर्ड गराउने भएकी छिन । म्याग्दी मल्कबाङ् एक भेडिखल्टा का हिरा बुढाथोकी र ठाडाखानिका लोक गाएक प्रबिण छन्त्यालको सयुक्त तैयारीमा रेकर्ड हुन लागेको उक्त लोकदोहोरी एल्बममा हिरा बुढाथोकी र सन्ध्या छन्त्यालको स्वर रहने छ ।
म्याग्दी बहुमुखी क्याम्पसमा १०+२ अध्यानरत सन्ध्या छन्त्याल दाताहरुकै आर्थिक सहयोग बाट आफ्नो पढाइ अगाडी बढाइरहेकि छिन ।  गत वर्ष परिवारमा आर्थिक स्थिति कम्जोर रहेकोले उनको पढाइ अन्योलमा परेको समाचार सार्बजनिक भए पछि गैर आवासिय नेपालि संघ (एनआरएन) चीनका उपाध्यक्ष रहनुभएका राजनकुमार जमरकट्टेलले गत साल असोज महिनामा एक बर्षका लागि पढ्ने व्यवस्थापन खर्च स्वरुप ४२ हजार रुपैयाँ सहयोग रकम उपलब्ध गराएका थिए । 
म्याग्दीको मल्कबाङ्ग घर भएर हाल दुवईमा रहनुभएका होम वहादुर बुढाथोकीको सक्रियतामा समितिको कोषमा म्याग्दी कुईनेमंगले गाविस घर भएर डेनमार्कमा कम्प्युटर ईन्जिनियर पढ्दै आउनुभएका पदम छन्त्याल मार्फत ७ हजार, बाग्लुङ्ग स्थायी घर र बुटवलमा बस्दै आएर हाल रोगजारीको शिलशिलामा कतार पुगेका श्री प्रसाद छन्त्यालमार्फत ५ हजार, म्याग्दी मल्कबाङ्ग घर भएर हाल जापानमा रहनुभएकी हरि मायाँ छन्त्यालबाट ५ हजार, छन्त्याल संघ बेलायत बाट  रु. ५० हजार  लगायत अन्य व्यक्तित्वहरुबाट उपलब्द सहयोग रकमले भएको उनको आज सम्मको उच्च शिक्षा को निरन्तरता सम्भव भएको हो ।
साथै राम्रो गित गाउन सक्ने क्षमता भएकी छन्त्याल रेडियो मयाग्दी १०४.४ मेगाहर्जको देउराली कार्यक्रममा समेत गित गाउन थालेपछि उनको गायन कलाले मौका र सहयोग खोजिरहेको भन्दै चर्चा भएपछी युएइ बाट होम बहादुर बुढाथिकी (हिरा) र बहराइन बाट प्रबिण छन्त्याल द्वारा  सम्पुर्ण सहयोगीहरु संग आर्थिक सहयोगको अपेक्षा गर्दै उनको लागि गित तयार पारिएको हो। 
सुरिलो आवाज रहेको छन्त्यालको सहायोग अपिल संगै एल्बमको तयारी भैरहदा विभिन्न व्यक्तित्वहरुको हौसला प्रेरणा र सहयोगको प्रतिबद्दता आइरहेको सन्ध्या छन्त्याल ले बताएकी छिन ।
रेकर्डिङ्को वातावरण प्रबिण छन्त्याल र होम बहादुर बुढाथोकी (हिरा ) ले मिलाइरहेको छन्त्यालको भनाइ छ । प्रकिर्तिले देख्न नसक्ने गरि ठगिए पनि मानवताको नाताले प्राप्त सहयोगले मलाइ साहस उत्साह र अवसर मिलिरहेको महसुस भैरहेको सन्ध्याको भनाइ छ । बिदेशमा बस्ने म्याग्देलीहरुलाई यूएईको दुबइ बाट होम बहादुर बुढाथोकी (हिरा) ले समन्यवब कारी भूमिका खेलिरहेका छन । 
को हुन् सन्ध्या किन उनलाई सहयोगको खाँचो छ?
२०६८ सालमा बाग्लुङ्गको नारायणस्थान