उपत्यकाका नेवार समुदायले मनाउने गुँला पर्व आजदेखि सुरु

काठमाडौं  । उपत्यकाका नेवार समुदायले मनाउने गुँला पर्व आजदेखि सुरु भएको छ । एक महिनासम्म चल्ने यस पर्वमा राजधानीमा खास गरी बौद्ध धर्मावलम्बीले बिहान सबेरै बाजा बजाउँदै स्वयम्भू महाचैत्यका साथै मन्दिर तथा विहार परिक्रमा गर्दछन् । 
वौद्ध धर्मका अगुवाहरुका अनुसार स्वयम्भू महाचैत्यको निर्माणअघि नै चैत्य सेवा गर्ने चलन थियो । त्यही सेवालाई अहिले गुँला धर्म भनिएको हो । 
भाषा वंशावलीका अनुसार राजा विक्रम देवले बौद्ध अनुयायीका लागि साउन शुक्ल प्रतिपदादेखि एक महिनासम्म गुँला धर्मको परम्परा चलाएका हुन् । 
ललितपुरमा यस पर्वको अवसरमा आजदेखि पाँच दिनभित्र धाःबाजा, नेकुबाजा, दमोदेखी, तथा अन्य सांस्कृतिक वाजागाजा सहित नगर परिक्रमा गरिन्छ ।
RSS