
गत फाल्गुनमा एएफसी च्यालेन्ज कपयता नेपालले कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको छैन । साफ च्याम्पियनसीप तयारीका लागि नेपाली टोली अहिले बहराइनमा छ ।
बहराईनमा नेपाली टोलीले त्यहाँको यु-२३ फुटबल टोलीसँग अभ्यास खेल खेल्ने बताईएको छ । बहराईनपछि नेपाली टोली अभ्यासको लागि कुवेत जानेछ ।
यसपटकको वरियतामा अफगानिस्तान दक्षिण एसियाली राष्ट्रको शीर्ष स्थानमा छ । एक स्थान सुधार्दै अफगानिस्तान १ सय ३९ औं स्थानमा उक्लेको हो । नेपालभन्दा अगाडि भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान रहेका छन् ।
नेपालसँगै श्रीलंका पनि १ सय ७० औ स्थानमा छ भने भुटान फिफाकै सबैभन्दा पुछारमा दुई सय सातौं स्थानमा छ ।



