तुर्कमेनिस्तानका राष्ट्रपति गुरबांगुली बेरदीमुहामेदोव साइकल दौडमा पहिलो

Gurbanguly Berdimuhamedov raises an arm in victory

 

विश्वमा थरीथरीका राष्ट्रपति छन् । त्यस्तै फरक स्वभावका कारण यतिबेला चर्चामा छन् तुर्कमेनिस्तानका राष्ट्रपति । राजनीति र सामाजिक अवस्थाबारे चासोमा रहने विश्वका अरु राष्ट्रपतिभन्दा तुर्कमेनिस्तानका राष्ट्रपति भने भिन्न काम गरेर चर्चा रहेका हुन् ।

 

तुर्कमेनिस्तानका राष्ट्रपति गुरबांगुली बेरदीमुहामेदोवले आफनै मुलुकमा आयोजना गरिएको प्रतिष्पर्धात्मक साइकल दौडमा भाग लिए र पहिलो हुँदै पुरस्कृत पनि भए ।
 
सय माइलको दूरी पार गर्नुपर्ने नियम राखिएको उक्त दौडमा १६ हजार ५ सय साइकलयात्रीले भाग लिएका थिए ।

 

देशमा हुने यस्ता प्रतियोगीतामा सहभागी हुने गरेका राष्ट्रपति गुरबांगुलीले यसअघि घोडचढी दौडमा पनि भाग लिएका थिए । दौड जित्न अन्तिम सीमामा पग्नै लाग्दा लडेपनि उनले करिब ७० लाख पाउण्ड राशीको उपाधी चुमेका थिए ।

 

Agencies, BBC