– कृष्ण खनाल
बुटवल । थारु संस्कृतिको संरक्षण संबद्र्धनका लागि थारु उत्थान सामाजिक संस्था कपिलवस्तुले तीन दिने (थारु सांस्कृतिक मेला २०७०) गर्ने भएको छ ।
थारु कल्याण कारिणी सभाका पदाधिकारी,थारु बुद्धिजिवी समाजसेवी र थारु अगुवाहरुको कपिलबस्तुमा बसेको भेलाले बडा दशैंको अवसर पारेर सास्कृतिक मेला गर्ने निर्णय गरेको हो । मेला असोज २१ देखि २३ गतेसम्म कपिलबस्तुको गोरुसिंगेमा हुने छ । मेलामा थारु गित संगितको साथमा झमरा,झर्रा,मयुर नाच लगायत युवा पिढिहरुलाई लक्षित गर्दै थारु सास्कृति नृत्य प्रतियोगिता हुनेछ । त्यसैगरि रुपन्देही र कपिलबस्तुका विचमा गायन प्रतियोगिता गरिने संस्थाका अध्यक्ष श्री निवास चौधरीले बताउनुभयो । उहाका अनुसार तीन दिने मेलामा सास्कृतिक कार्यक्रमका साथमा भलिबल प्रतियोगिता समेत आयोजना गरिने छ ।
थारु निजामती कर्मचारी र शिक्षकको समुह तथा थारु पत्रकार,कलाकारको समुहविच भलिबल प्रतियोगिता हुने चौधरीले जानकारी दिनुभयो । मेलामा थारु चलचित्रका राष्ट्रिय स्तरका नायक नायिका,गायक र स्थानीय स्तरका गायकहरुले थारु संगितहरु प्रस्तुत गर्नेछन् ।