मुम्बइ – बलिउडमा प्रवेश गर्ने बेलामा सनी लियोनले बारम्बार आफू पोर्न फिल्मदेखि वाक्क भएर बलिउड प्रवेश गर्न चाहेको बताएकी थिइन्। तर २०१२ देखि बलिउडमा फिल्म खेल्न थाले पनि उनले पोर्न फिल्म खेल्न भने छाडेकी छैनन्।
बलिउडका दर्शक माझ जिस्म २ र सुट आउट एट बडालामा देखिँदै गर्दा सनीले ४ वटा पोर्न फिल्ममा काम गरिसकेकी थिइन्। सन्नी लियोन: गडेस, सन्नी लियोन: इरोटिका लगायत अन्य २ फिल्ममा पनि उनले २०१२ मा काम गरिन्। यो वर्ष पनि सनीले चार्ले गर्ल: जर्जिया जोन्स नामको अर्को पोर्न फिल्ममा काम गरिसकेकी छिन्।
पञ्जाबी मूलको सनीले बलिउडमा नयाँ प्रोजेक्ट पाउँदै जाँदा पोर्न फिल्ममा काम गर्ने अनुपात भने घटाएकी छिन्। नसिरुद्धिन शाहसँग ज्याकपटमा अभिनय सुटिङ गरिरहेकी सनीले आगामी वर्ष २०१४ का लागि पनि टिना एन्ड लोलो नामक हिन्दी फिल्म हात पारिसकेकी छिन्।
– Agencies, nagariknews