मिस नेपाल युएसएको उपाधी बर्तिका राईलाई


 

न्युयोर्क  – शनिबार सम्पन्न मिस नेपाल युएसएको उपाधी बर्तिका राईले जितेकी छिन्  । सहभागी १६ प्रतिस्पर्धीलाई उछिन्दै उपाधि जितेकी २२ बर्षीया राई, न्युयोर्कको प्रतिनिधित्व गर्दै सहभागी थिइन् ।


संगीतकी पारखी राईले उपाधी स्वरुप पाँच हजार अमेरिकी डलर नगद राशी पाउने आयोजकहरुले जनाएका छन् । पाँच फुट तीन इन्चको उचाई रहेकी राईको लेखन, चलचित्र र संगीत निमार्णमा रुची रहेको छ ।

 

अमेरिकी समाचार संस्था सिएनएनका पूर्व पत्रकार किरण क्षेत्री निर्णायक रहेको प्रतियोगितामा क्यालिफोर्नियाका अनुजा थापा मगर दोस्रो र टेक्सासकी सोनी पाठक तृतीय भए । प्रतियोगितामा पूर्व मिस नेपाल माल्भिका सुब्बाको भूमिका पनि रहेको थियो । दोस्रो र तेस्रो हुनेले क्रमश तीन र दुई हजार डलर नगद पाउनेछिन् ।

 

फितलो व्यवस्थापन, सहभागीहरुबाट चर्काे शुल्क उठाउने र घोषित नगद पुरस्कार विजेताहरुलाई दिन कजुस्याँईका कारण पछिल्लो समय प्रतियोगिताको सहभागिता र उत्साहमा कमी हुँदै आएको छ । प्रतियोगिता विगत तीन बर्ष देखि हुँदै आएको छ ।

 

– EKANTIPUR