जमैकाका धावक युजेन बोल्टले विश्व एथ्लेटिक्स च्याम्पियनसीपको इतिहासमा सबैभन्दा सफल धावक

बोल्टको अर्को कीर्तिमान, विश्व एथ्लेटिक्स इतिहासकै सफल धावक
जमैकाका धावक युजेन बोल्टले विश्व एथ्लेटिक्स च्याम्पियनसीपको इतिहासमा सबैभन्दा सफल धावक बनेका छन् । 
रुसको मस्कोमा जारी आईएएएफ विश्व एथ्लेटिक्स च्याम्पियनसीपको पुरुष चार गुणा सय मिटर रिलेतर्फ स्वर्ण पदक जित्दै बोल्टले च्याम्पियनसीपमा कुल स्वर्ण पदकको संख्यालाई आठ पु-याएका छन् । 
साथै बोल्टले दुई वटा रजत पदक पनि जितेका छन् । उनीभन्दा अगाडि एथ्लेटिक्सका महान हस्तीहरु कार्ल लेविस र अलाइसन फेलिक्सले आठ वटा स्वर्ण पदक जित्ने कीर्तिमान बनाएका थिए । 
रजत पदकको पनि गणना गर्ने हो भने विश्व एथ्लेटिक्स च्याम्पियनसीपमा बोल्ट अहिलेसम्मकै सबैभन्दा सफल धावक हुन् । 
बोल्टले विश्व च्याम्पियनसीपतर्फ सय मिटरमा दुई वटा स्वर्ण पदक जितेका छन् भने दुई सय मिटर र चार गुणा सय मिटर रिलेमा तीन तीन वटा स्वर्ण पदक जितेका छन् ।
Agencies