काठमाडौं । आज भाद्र कृष्ण प्रतिपदा, काठमाडौं उपत्यकालगायत मुलुकका विभिन्न शहरमा गाईजात्रा पर्व मनाईदै छ । गाईजात्रा नेवार समुदायले मनाउने महत्वपूर्ण पर्व हो । गाइजात्रामा वर्षभरी दिवंगत भएका आफन्तको आत्माले मुक्ति पाओस् भनेर कामनासहित गाईको अनुहार र गणेशको चित्र अंकित गाई बनाएर शहर परिक्रमा गर्ने चलन छ ।
यसोगर्दा मृतात्माले यमलोक जाँदा बाटोमा पर्ने वैतरणी नदी सजिलै तर्छन् र मोक्ष मिल्छ भन्ने धार्मिक विश्वास छ । शहरमा गाई पाल्नेहरुले भने साच्चिकै गाइलाई सिंगारेर नगर परिक्रमा गर्छन् भने केहीले जोगीको भेष धारण गरी रंगी-विरंगी कपडा, मुखुण्डो, पेरुङाको टोपी तथा लामो जामा र पटुका लगाएर सांस्कृतिक बाजागाजासहित नगरपरिक्रमा गर्ने चलन पनि छ ।
नगरपरिक्रमा गर्दा दिवंगत आफन्तको सम्झनामा विभिन्न भोजन गराइन्छ भने पछिल्लो समयमा मुलुकको राजनीति तथा सामाजिक विसंगतिप्रति व्यंग्य गरेर पनि यो पर्व मनाउन थालिएको छ ।
गाईजात्रा काठमाडौं उपत्यकामा तत्कालीन राजा प्रताप मल्लकी रानी आफ्नो छोरा चक्रप्रतेन्द्र मल्लको मृत्यु शोकमा डुवेपछि रानीलाई सान्त्वना दिन प्रताप मल्लले शहरमा वर्षभरी कति जनाले आफन्त गुमाए, कतिजनालाई यस्तै शोक प-यो भनेर देखाउन मनाउन थालेको जनविश्वास छ ।
काठमाडौं उपत्यकालगायत मूख्य रुपमा नेवार समुदायको बाक्लो वस्ती रहेका शहरहरु बनेपा, धुलिखेल, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौंडा र पोखरामा पनि यो पर्व मनाइन्छ ।
गाईजात्रामा कलाकारहरुले भने मुलुकको राजनीति तथा सामाजिक विकृति