निर्वाचनमा आफनो प्रतिनिधित्वको सुनिश्चितताको माग राख्दै समलिङ्गी/तेस्रोलिङ्गीले गाइजात्रा पर्व मनाए

तेस्रोलिङ्गी समुदायद्धारा गाइजात्राबाटै अधिकारको खोजी

 

काठमाडौं । आसन्न संविधान सभा निर्वाचनमा आफनो समुदायबाट प्रतिनिधित्वको सुनिश्चितताको माग राख्दै आज नेपालका समलिङ्गी/तेस्रोलिङ्गीले पनि गाइजात्रा पर्व मनाएका छन् । समलिङ्गी/ तेस्रोलिङ्गीहरुको छाता संस्था नील हिरा समाजको आयोजनामा यो पर्व मनाइएको हो ।  विभिन्न कारणले मरेका आफ्ना समलिङ्गी/ तेस्रोलिङ्गी साथीहरुको सम्झनामा यो पर्व प्रत्यक वर्ष मनाउने गरिएको समाजले जनाएको छ ।


विहान साढे ११ बजे काठमाडौको ठमेलस्थित कर्मचारी संचयकोष भवनबाट सुरु भएको समलिङ्गी/ तेस्रोलिङ्गीहरुको -याली असन इन्द्रचोक, हनुमान ढोका, बसन्तपुर, न्यूरोड हुंदै दरबार मार्ग पुगेर टुङ्गिएको थियो ।

नेपाल तथा विदेशका गरि एक हजार भन्दा धेरैको संख्यमा भेला भएका समलिङ्गी