पूर्वको गोसाईकुण्ड भनेर चिनिने संखुवासभाको सभापोखरीमा यो बर्ष आठ हजारभन्दा बढि तीर्थयात्रीले दर्शन गरे

संखुवासभा । पूर्वको गोसाईकुण्ड भनेर चिनिने संखुवासभाको प्रसिद्ध धार्मिक तीर्थस्थल सभापोखरीमा यो बर्ष आठ हजारभन्दा बढि तीर्थयात्रीले दर्शन गरेका छन् । 
संखुवासभाको सभापोखरी तथा बाह्रबिसे गाविसको सिमानामा रहेका सो मन्दिरमा नाग पञ्चमीदेखि जनै पूर्णिमासम्म भक्तजनको घुईंचो लाग्ने गर्दछ । 
वरिपरि अग्ला पहाडले घेरिएको मन्दिर आसपासका क्षेत्रमा असोजदेखि जेठसम्म हिउँपर्ने हुनाले प्रायः बर्खाको तीन महिना मात्र मन्दिर खुल्ने गर्दछ । समुद्र सतहबाट ४३ सय मिटरको उचाईमा रहेको मन्दिर क्षेत्रमा पुग्न तेह्रथुमको बसन्तपुर, संखुवासभाको चैनपुर तथा संखुवासभाकै खाँदबारीबाट तीन दिन हिँड्नुपर्दछ । 
RSS