ड्यानियल स्टरिजले निर्णायक गोल गरेपछि इङ्गलिस प्रिमियर लिग फुटबल प्रतियोगिताको दोस्रो हप्तामा पनि लिभरपुलले जित दर्ता

 ड्यानियल स्टरिजले निर्णायक गोल गरेपछि इङ्गलिस प्रिमियर लिग फुटबल प्रतियोगिताको दोस्रो हप्तामा पनि लिभरपुलले जित दर्ता गराएको छ । लिभरपुलले एष्टन भिल्लालाई उसैको मैदानमा १-० ले हराएको हो । लिभरपुलको जितमा नायक बनेका स्टरिजले पछिल्लो सात लिगमा आठ गोल गरिसकेका छन् । उता, फुल्हमको भ्रमण गरेको आर्सनलले भने प्रिमियर लिगमा पहिलो जित दर्ता गराएको छ । 
जारी सिजनको पहिलो खेलमा एष्टन भिल्लासँग ३-१ ले हारेको आर्सनलले दोस्रो खेलमा फुल्हममाथि ३