काभ्रे । बनेपा, नाला, साँगा, दाप्चा लगायतका स्थानमा आज कन्या पूजा गरिएको छ । एक सय एघार वर्ष अघि सुरु भएको कन्या पूजामा यस पटक १० हजार कन्याको पूजा गरिएको छ ।
बनेपामा मात्र ८ हजार कन्याहरु पुजिएको सनानत कन्या पूजा प्रवन्ध समितिका सचिव सुरकृष्ण बैद्यले हामीलाई जानकारी दिए ।
बनेपाको पुरानो बजारको भोलाखाटोल, दक्षुटोल, तीनधारा, वकुटोल र त्रिभुवनचोकमा दायाँवायाँ कन्याहरुलाई राखेर पूजाआजा गरिएको थियो ।
वि.सं. १९५९ साल भाद्र कृष्ण सप्तमीको दिनदेखि सुरु भएको यो पूजा नेपालको एक मात्र कन्या पुज्ने पर्व हो ।
RSS