जारी सिजनबाट प्रशिक्षक बनेका जेरार्डो टाटा मार्टिनोले बार्सिलोनालाई स्पेनिस सुपर कपको उपाधि जिताएपछि उनको बार्सिलोनासँगको यात्रा सुखद बनेको छ ।
बार्सिलोनाको मैदानमा गए राति सम्पन्न दोस्रो लेगमा एटलेटिको मड्रिडसँग गोल रहित बराबरी खेले पनि अवे गोलका आधारमा बार्सिलोना एघारौं पटक उपाधि जित्न सफल भएको हो ।
पहिलो लेगमा एटलेटिको मड्रिडको मैदानमा बार्सिलोनाले १-१ गोलको बराबरी खेलेको थियो ।
उक्त खेलमा बार्सिलोनाका लागि नेयमारले गोल गरेका थिए भने एटलेटिको मड्रिडले डभिड भियाको गोलमा अग्रता लिएको थियो । गए रातिको खेलमा ८८ औं मिनेटमा बार्सा स्टार लियोनल मेस्सीले पेनाल्टी चुकाएका थिए भने बार्सिलोनोले गोल गर्ने अन्य धेरै अवसर गुमाएको थियो ।
AGENCIES