बिक्नी कान्डमा मुछिएका बलिउड हस्ती रणवीर कपुर र कैटरिना कैफले चाँडै विवाह गर्ने तयारीमा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। स्पेनको समुन्द्री तटमा बिक्नीमा देखिएपछि यी जोडी चर्चामा रहने गरेका छन्। पछिल्लो समय भने यी जोडी चाँडै विवाहको घोषणा गर्ने तयारीमा रहेको खबर सार्वजनिक भएको छ।

स्रोतका अनुसार रणवीरकी आमा नीतु सिंहले विवादित सम्बन्धलाई वैवाहिक बन्धनमा बाँध्ने सुर गरिसकेकी बताइएको छ। कपुर परिवारलाई कैटरिना मन परिसकेकाले पनि यी दुई जोडीलाई पति पत्नीको रुपमा हेर्न चाहेको बताइएको छ। यहाँसम्म कि यी दुई जोडीको इङ्गेजमेन्टको कार्डसमेत छापिएको बताइएको छ।

स्रोतलाई उद्धृत गर्दै भारतीय समाचार एजेन्सीहरुले रणवीर कपुरले कैटरिनाको बर्थडेमा फिल्मी स्टाइलले प्रपोज गर्ने बताइएको छ। तर हालसालै भएको कैटरिना कि बहिनीको विवाहमा कपुर परिवारका कुनै सदस्य सहभागी नभएको बताइएको छ।
बिक्नी कान्डपछि विवादीत बनेका यी दुई जोडीको इङ्गेजमेन्ट साँच्चै हुने हुन् वा हल्लामात्र हुन्। आगामी दिनले पक्कै बताउनेछ।
– एजेन्सी