जितेन्द्र खड्गा
राजविराज – राजविराज ३ स्थित कृष्ण मन्दिरमा लागेको मेलाको भिडमा बिहीबार राति युवाहरुको समुहले स्थानीय एक युवकलाई छुर्रा प्रहार गरी हत्या गरेको छ ।
राजविराज नगरपालिका ३ का १७ वर्षीय अनिल मण्डललाई स्थानीय केही युवाहरुले छुर्रा प्रहार गरी हत्या गरेको हो ।
गम्भिर घाइते भएका मण्डललाई उपचारार्थ राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल पुर्याउने क्रममा बाटोमै मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता डीएसपी श्यामसिंह चौधरीले जानकारी दिए । उनका अनुसार घटनाको अनुसन्धान भइरहेको र हाल हत्याको कारण खुल्न सकेको छैन ।
यता हत्यामा संलग्न रहेका आरोपमा आधा दर्जन युवाहरुलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।