काठमाडौं । काठमाडौंको पचली भैरव मन्दिरमा आज एकसय एकाउन्नजना कुमारीको सामूहिक पूजा गरीएको छ ।
९७ बर्षिय गंगाबहादुर राजकर्णीकारले कुमारी पूजाको आयोजना गरेका हुन् ।
कुमारी मन्दिरमा पूजाआजा गरेपछि मात्र लशकुश गरी कुमारीको पूजा गर्ने चलन छ ।
नेवारी परम्परा अनुसार बेलबिबाह गर्नु अगाडि कुमारी पूजा गरीन्छ ।
RSS