इङ्गलिस प्रिमियर लीग फुटबल प्रतियोगिताअन्तर्गत म्यान्चेस्टर सिटी, न्युकासल युनाईटेड, क्रिष्टल प्यालेस, स्टोक सिटी र नर्विच विजयी

लण्डन  – इङ्गलिस प्रिमियर लीग फुटबल प्रतियोगिताअन्तर्गत गएराती भएका खेलहरुमा म्यान्चेस्टर सिटी, न्युकासल युनाईटेड, क्रिष्टल प्यालेस, स्टोक सिटी र नर्विच विजयी भएका छन् । दावेदार म्यान्चेस्टर सिटीले हल सिटीलाई २-० ले हराउँदा न्युकासल युनाईटेडले फुल्हमलाई १-० ले निराश पा-यो ।
 यसैगरी नर्विच सिटीले साउथह्याम्पटनलाई तथा स्टोक सिटीले वेष्टह्याम युनाईटेडलाई १-० ले हराए । यसै सिजनमा इंग्लीश प्रिमियरशिपमा उक्लिएको क्रिष्टल प्यालेसले सण्डरल्याण्डमाथि ३-१ को जीत दर्ता ग-यो । प्रिमियरशिपको अर्को नव प्रवेशी टोली कार्डीफ सिटीले भने गएराति एभर्टनसँग गोलरहित बराबरी खेल्यो । 
आज राती तीन खेल हुनेछन् । शीर्ष क्लवहरु लिभरपुल र म्यान्चेस्टर युनाईटेड आमने सामने हुँदा लण्डन क्लवहरु आर्सनल र टोटनह्याम हट्सपर पनि एकापसमा भिड्नेछन् । यसैगरी वेष्ट ब्रोमले स्वान्सी सिटीसँग खेल्नेछ ।
Agencies