काठमाडौ – आफ्नै कप्तानले खेल सुरु भएको १४ औं मिनेटमा गरेको आत्मघाती गोल फर्काउन नसक्दा काठमाडौंमा जारी साफ च्याम्पियनसिपको दोस्रो खेलमा पाकिस्तानले भारतलाई नतिजा सुम्पिएको छ ।
पाकिस्तानी कप्तान समर ईशाकले पहिलो हाफको १४ औं मिनेटमा आफ्नै पोष्टमा गरेको गोल पाकिस्तानको लागि हारको कारक बन्यो । बाँकी खेलभर गोल फर्काउन संघर्षरत् पाकिस्तानलाई भारतले कुनै मौका दिएन् ।
खेल अवधीभर पाकिस्तानलाई दबाबमा राखेको भारतीय खेलाडीले खेलको अन्तिम १५ मिनेट अवधीभर बिपक्षी खेलाडीलाई निरिह सावित गरिदिए । भारतीय टोलीका आशा गरिएका खेलाडी कप्तान सुनिल क्षेत्रीले खेल अवधीभर पटक पटक गोल गर्ने प्रयास गरेपनि असफल बने ।
अधिकांश नयाँ खेलाडी रहेको ५ पटकको साफ च्याम्पियन भारतले आईतबार आफ्नो स्तरको खेल प्रदर्शन भने गरेन् । जसका कारण पाकिस्तानी कप्तानले गरेको गल्तीका कारण पाएको गोलमै उसले जितको खुशी मनाउन बाध्य भयो ।
खेलमा केही मौका पाए पनि पाकिस्तानी स्ट्राईकर हसन बासिरले गोलमा परिणत गर्न सकेनन् । शनिबार बंगलादेशलाई हराएको नेपालले मंगलबार पाकिस्तान र बिहीबार भारतको सामना गर्नेछ । दुवै टाली नेपालको लागि बलियो प्रतिद्धन्द्धी हुन् ।
भारतीय प्रशिक्षक विम कोभरम्यान्सले आफ्टो टोलीको प्रदर्शनप्रति असन्तुष्ट व्यक्त गरे । उनले पहिलो हाफमा आफ्नो खेलाडीले बल नियन्त्रणमा राख्न नसके पनि जित हात पारेकोमा भने खुशी व्यक्त गरे ।
शारीरीक रुपमा अग्ला र यूरोपमा खेल्ले ५ खेलाडीसहित उत्रिएको पाकिस्तानका खेलाडीले व्यक्तिगत प्रदर्शन अब्बल भए पनि त्यो जितको लागि पर्याप्त भएन ।
RSS, IKANTIPUR