डडेल्धुरा । सुदूरपश्चिमको ऐतिहासिक एवं सांस्कृतिक पर्व गौरा आज सम्पन्न गरिएको छ।
भाद्र शुक्लपक्षका दिनदेखि शुरु भएको गौरा पर्व स्थानीय तिथि र चलन अनुसार पुजा अनुष्ठानका साथ छोरी बिदाइ गरेझै भावुकताका साथ भव्य रुपमा मनाई विसर्जन गरिन्छ । भगवान शिवलाई महेश्वर र शक्तिस्वरुपा माता पार्वतीलाई गौराको रुपमा पूजा गरि महिलाहरुले आफ्नो सौभाग्य र समृद्धिका लागि निराहार ब्रत तथा एकहप्ते अनुष्ठान गरि यो पर्व मनाउने गर्दछन् ।
पर्वको पहिलो दिन मन्दिर तथा घर घरमा तामा वा पित्तलका भाँडामा बिधिवत रुपमा भिजाइएको गहुँ, केराउ, गहत, मास र गुरौजलगायतका पञ्च अन्न विरुडालाई गौराको प्रसादीको रुपमा चढाउने र भुटेर बाँड्ने गरिन्छ ।
सुदूरपश्चिमबासीको जनजीवन र सांस्कृतिक सम्पदाको रुपमा रहेको गौरामा महिला र पुरुषले गौराका फाग, बिदाई खेल, भेटघाट र दुुखसुखका गीत, चैत धुमारी, भगाउलो, चाँचरी र देउडालगायत साँस्कृतिक खेलखेल्दै गौरालाई कैलाशमा प