काठमाडौं । नेपाल र भारतबीचको खेल हेर्न बिहीबार रंगशालामा नेतादेखि कलाकारसम्म पुगेका थिए । नेपाली दर्शकले अत्यन्तै उत्साहका साथ लिएको यो खेल हेर्न सर्वसाधारण दर्शकको त ओइरो नै लागेको थियो । त्यसमाथि नेतादेखि कलाकारसम्म पनि रंगशालामै उपस्थित पुग्नुले नेपालमा फुटबलप्रतिको आकर्षण राम्रैसँग झल्काएको थियो ।
शक्ति सन्तुलनमा माहिर मानिने एन्फा अध्यक्ष गणेश थापाको निम्तो स्वीकार्दै कांग्रेस महामन्त्री प्रकाशमान सिंह, एमाले नेता केपी ओली, राप्रपा नेपालका अध्यक्ष कमल थापा, एकीकृत माओवादीका नेता जनार्दन शर्मा लगायतका नेताहरु रंगशालमा पुगेका थिए ।
भारत विरुद्धको खेल हेर्न दशरथ रंगशालामा नेपाली दर्शकको सागरै उर्लिएपछि एन्फालाई व्यवस्थापन गर्नै हम्मे



