सिन्धुलीमा कमला नदीले बगाउँदा एक जनाको मृत्यु

सिन्धुली । सिन्धुलीमा आज कमला नदीले बगाउँदा एक जनाको मृत्यु भएको छ । नदीले बगाएर हत्पते गाउँ विकास समितिका ५१ वर्षीय वीरबहादुर माझीको मृत्यु भएको हो ।


हरितालिका तीजमा माईत जान हिडेकी श्रीमतीलाई नदी तारेर फर्किने क्रममा उनलाई नदीले बगाएको छ । RSS