काठमाडौं । परम्परागत रुपमा चल्दै आएको इ्रन्द्रजात्राका लागि ठड्याइने लिङ्गो लिन आज मानन्धर समुदायका सदस्यहरु भक्तपुर पुगेका छन् ।
मानन्धर संघको नेतृत्वमा आज विहान ८ वजेर ३९ मिनेटको साइतमा हनुमान ढोकाबाट राजपुरोहित सहित मानन्धर समुदायका सदस्यहरु लिङ्गो लिन भक्तपुरको चितापोल पुगेका हुन् ।
भाद्र शुल्क द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने इन्द्रजात्रा आठ दिनसम्म मनाइन्छ ।
RSS