काठमाडौं । बरिष्ठ गायक फत्तेमान राजभण्डारीको स्वास्थ्यस्थिति गम्भीर भएपछि उपचारका लागि अस्पताल भर्ना भएका छन् ।
फोक्सोमा क्यान्सर देखा परेकाले स्वास्थ्य स्थिति गम्भीर भएको चिकित्सकहरुले बताएका छन् । उनको ओम हस्पिटल चावहिलमा उपचार भइरहेको छ ।
वि.सं. १९९३ मंसिर १३ मा जन्मनुभएका गायक राजभण्डारी नेपाली सांगीतिक क्षेत्रका शिखर व्यक्तित्व हुन् । उनले चार सयभन्दा बढी कालजयी गीत र भजनहरुमा स्वर र संगीत दिएका छन् ।
RSS