हरितालिका तीजको अवसरमा शिवालयमा हिन्दु नारीहरुको भिड, जताततै तीजका गीतको आयोजना


 

काठमाडौं । आज हरितालिका तीज । हिन्दू नारीहरुको महान चाड तीजको दोस्रो दिन आज व्रत बसेर मनाईदै छ । सखीहरुद्वारा हरण गरिएकी पार्वतीले गुप्त स्थानमा शिवजी स्वामी पाउनका लागि गरिएको उपवास व्रतलाई हरितालिका तीज भनिएको हिन्दू धर्ममा उल्लेख छ । हिमालय पर्वतकी पुत्री पार्वतीले बाल्यकालदेखि श्री महादेव स्वामी पाऊँ भनी मनमनै कामना गरिरहेको भए पनि पिता हिमालयले भगवान् विष्णुलाई कन्यादान दिन तयारी गरेको थाहा पाई सखीहरुले पार्वतीलाई हरेर कसैले नदेख्ने ठाउँमा लुकाएर राखेको र सोही स्थानमा पार्वतीले श्री महादेव स्वामी पाऊँ भनी निर्जला व्रत बसेको हुनाले यसलाई हरितालिका व्रत भन्ने गरिएको पुराणमा वर्णन गरिएको छ ।

 हिन्दू नारीहरुको महान् धार्मिक पर्वका रुपमा लिइने हरितालिका व्रतमा पतिको लामो आयुको कामना गरी निराहार व्रत बसेर रातभर आफ्नो अटल सौभाग्यको प्रतीकस्वरुप दियो, कलश स्थापना गरी भोलिपल्ट गोदान र पूर्ण पात्र गरेर व्रत तोड्ने परम्परा छ । परापूर्वकालदेखि आफ्नो सम्पूर्ण आस्था र विश्वासका साथ हिन्दू नारीहरु निराहार र निर्जल बसी आजका दिन भगवान् शिवको पूजा अचर्नासहित हरितालिका तीजको व्रत बस्ने गर्दछन् । पशुपतिनाथमा विहानैदेखि दर्शन गर्न जानेहरुको भीड लागेको छ । गत वर्षभन्दा यस वर्ष दर्शनका लागि सहज व्यवस्था गरिएको दर्शानार्थीले बताएका छन् । पशुपति क्षेत्र विकास कोषलेसमेत यस पटक लाइनमा बसेको एक घण्टाभित्रै दर्शन गर्ने व्यवस्था मिलाइएको दावी गरेको छ भने मन्दिर परिसरमा महिला सुरक्षाकर्मी पनि खटाएको छ ।
 
भाद्र शुक्ल द्वितीयाका दिन दर खाई तृतीयाका दिनदेखि सुरु हुने तीज पञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गरेपछि सम्पन्न हुन्छ । दिनभरि पानी पनि नखाई निर्जल वा निराहार बस्ने व्रत भएकाले एक दिनअघि नाचगान रमाइलो गरी राति दरका रुपमा मीठामीठा परिकार खाने चलन छ । तीजको दर खान विशेष गरी माइतीले छोरी