आठौं साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको सेमिफाइनलमा अफगानिस्तानसँग नेपाल १-० ले पराजित


 

काठमाडौंमा जारी आठौं साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा नेपाल अफगानिस्तानसँग १-० ले पराजित भएको छ ।

 

 खेलको अन्त्यतिर नेपालले पाएको लगातार दुई पेनान्टी मिस गर्दा नेपाल प्रतियोगिताबाटै बाहिरिएको हो । नेपालका लागि रोहित चन्दले पेनान्टी मिस गरेका हुन् ।


खेल सुरु भएको पहिलो दश मिनेटमैअफगानिस्तानले अग्रता लिएको हो । नेपालले पाएका केही राम्रा अवसरलाई पनि सदुपयोग गर्न नसक्दा नेपाल पछाडि परेको हो । मुस्तफाले दिएको बल किरणले क्लियर गर्न नसक्दा सन्जार अहमदीले गोल गरेका हुन् ।

 





यसभन्दा अगाडि प्रकासित समाचार:-

 

काठमाडौं  । काठमाडौंमा जारी आठौं साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको सेमिफाइनलमा आज नेपालले अफगानिस्तानको सामना गर्दैछ । नेपाल समूह ए को विजेता बन्दै तथा अफगानिस्तान समुह बी को उपविजेता बन्दै सेमीफाईनलमा पुगेका हुन् । प्रतियोगिताको दोस्रो सेमीफाईनल भने भोलि हुनेछ । यो खेलमा भारत र मालिदभ्स भिड्नेछन् ।

भारत सहुम ए को उपविजेता हो भने माल्दिभ्स समुह बी को विजेता हो । यसपटक अपराजित रहँदै समूह विजेता बनेको नेपाल २० वर्षपछि भारतलाई र दुई वर्षपछि बंगलादेशलाई हराएसंगै उपाधिका लागि आतुर देखिएको छ । दुई वर्षअघि नयाँ दिल्लीमा भएको सातौं साफ च्याम्पियनशीपको सेमिफाइनलमा अफगानिस्तानसंग पराजित नेपाललाई यसपटक घरेलु मैदानमा बदला लिनसमेत राम्रो अवसर जुटेको छ ।


यसैबीच, नेपाली प्रशिक्षक ज्याक स्टेफानोवस्कीले टिम फाइनल प्रवेशका लागि आतुर रहेको बताएका छन् । उता, अफगानी प्रशिक्षक युसुफ कार्गरले आफ्नो टिम नेपालसंग सेमिफाइनलमा भिड्न नचाहेको भए पनि अब त्यसको सामना गर्न पछि नपर्ने बताएका छन् । खेल आइतबार साँझ साढे ६ बजे दशरथ रंगशालामा हुनेछ ।


यसैबीच, आयोजक अखिल नेपाल फुटबल संघ एन्फाले टिकटको मूल्य बढाएको छ । प्यारापिटको साधारणतर्फ पाँच सय र विशेषतर्फ एक हजार रुपैयाँ तोकिएको छ । यसअघि साधारणतर्फ तीन सय र विशेषतर्फ सात सय तोकिएको थियो ।


————————————————- 


कमेन्ट्री लाइभ पनि


खेलाडीको हौसला लाई दर्शकले साथ दिएका छन । खेल सुरुको ११ औ मिनेटमा पहोलो गोल । अफगानिस्तान ले नेपाललाई एक गोल गरेको छ ।  


नेपालका २ वटा गल्ती र अफगानिस्तानले अहिले सम्म ४ वटा गल्ती गरेको छ । 


पहिलो हाल्फ सकिएको छ । नेपाल ० र अफ्गानिस्तान १ गोलले अघी छ । 


दोस्रो हाफको खेल सुरु । 


नेपाल र पाकिस्तान बिच भएको खेलमा गोल गरेर हिरो बनेका स्ट्राइकर बिमल घर्ती लाई भित्राइएको छ । उनको प्रयास भित्रिए लग्गतै उत्साहजनक खेल देखिएको छ । 


नेपालले पेनाल्टी पाएको छ । 


निराशा : नेपालले दुई वटा पेनाल्टी पाए पनि गोल हुन सकेन । रोहित चन्दले गोल गर्न सकेनन् । ससांरभरको एउटा दुर्लभ अवसर लाई सदुपयोग गर्न नसक्दा नेपालीहामी निराश ।   


खेल सक्कियो । राम्रो प्रदशन गरे पनि जितको स्वाद नेपालले चाख्न पाएन ।