फिलिपिन्सको मिन्दानाओ टापुस्थित जाम्बोअन्गा शहरमा सरकारी सेना र मुश्लिम विद्रोहीबीचको भीडन्तमा सय जना विद्रोही मारिएका छन् । मारो नेशनल लिवरेशन फ्रन्ट एम एन एल एफसंगको भीडन्तमा एक जना सेना मारिनुका साथै छ जना घाईते भएको अघिकारीहरुले जनाएका छन् ।
तटिय शहरको व्यस्त रिओ होण्डा क्षेत्रमा भीडन्त भएको थियोृ । स्वतन्त्र इस्लामिक राष्ट्रको माग सहित सन् १९७१ मा स्थापना भएको एम एन एल एफ ले सन् १९९६ मा सरकारसंग शान्ति सम्झौता गरेपनि संगठनका केही लडाकुहरु अझै पनि हिंसात्मक गतिविधिमा संलग्न छन् ।
Agencies