आठौं साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि अफगानिस्तानलाई

काठमाडौं । भारतलाई २-० ले हराउँदै अफगानिस्तान ८औं साफ च्याम्पियनसिपको उपाधि कब्जा गरेको छ ।

राजधानीमा सम्पन्न आठौं साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको दशरथ रंगशालामा आज भएको फाइनलमा ५ पटकको च्याम्पियन भारतलाई हराउँदै अफगानिस्तानले पहिलो पटक साफ च्याम्पियनसिपको उपाधि जितेको हो । 
शानदार प्रदर्शन गरेको अफगानिस्तानलाई जिताउन खेलको ९ मिनेटमै मुस्तफाले तथा ६२ औं मिनेटमा सञ्जारले गोल गरेका थिए । 
यो जितसँगै दोस्रो पटकको प्रयासमा अफगानिस्तानले उपाधि जितेको हो । दुई वर्षअघिको सातौं संस्करणको फाइनलमा भारतसँग ४-० ले पराजित अफगानिस्तानले यसपटक राम्रो बदलासमेत लिएको छ ।
सेमिफाईनलमा नेपाललाई हराउँदै अफगानिस्तान र माल्दिभ्सलाई हराउँदै भारतले फाइनलमा ठाउँ पक्का गरेको थियो ।
दक्षिण एसियाका आठ राष्ट्र सहभागी प्रतियोगिताको समूह