बरिष्ठ लोकगायक तीर्थबहादुर गन्धर्वको ६० वर्षीय उमेरमा निधन
भाद्र २८ गते, २०७० मा प्रकाशित
काठमाडौं – बरिष्ठ लोकगायक तीर्थबहादुर गन्धर्वको ६० वर्षीय उमेरमा शुक्रबार बिहान निधन भएको छ ।
गन्धर्वको उपचारकोक्रममा सैनिक अस्पताल छाउनीमा बिहान २ बजे निधन भएको हो । उनी उच्च रक्तचाप र मधुमेह पीडित थिए ।
बिहीबार साँझ स्वास्थ्यमा खरावी आएपछि मिनभवनस्थित निजामति अस्पताल भर्ना गरिएका गन्धर्वलाई राति नै छाउनी लगिएको थियो । लोकगायक बमबहादुर कार्कीले दिएको जानकारी अनुसार उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि शुक्रबार बिहान कमलादीस्थित प्रज्ञा भवनमा राखिनेछ ।
गन्धर्वको बल्ल पर्यो निरमाया माकुरी जालैमा…जस्ता गीत चर्चित छन् ।
गन्धर्वको जन्म बि.सं. २०१० सालमा तनहुँको चोकचिसापानीमा भएको थियो । उनले ३२ वर्षसम्म रेडियो नेपालमा काम गरेका थिए ।