
एन्फा स्रोतका अनुसार सोमबार राजधानीको दशरथ रंगशालामा कार्यक्रम गरी प्रत्येक खेलाडीलाई कम्तीमा एक लाख रुपैयाँ प्रदान गरिने छ । दुई वर्षअघि भारतमा भएको सातौं साफ च्याम्पियनसिपको सेमिफाइनलमा पुगेपछि खेलाडीलाई जनही एक लाख रुपैयाँले सम्मान गरेकाले पनि यसपटक कम्तीमा एक लाख रुपैयाँबाट एन्फाले खेलाडीको हौसला बढाउन थालेको हो ।
लामो समयको प्रशिक्षण र घरेलु मैदानमा खेलेको नेपालले यसपटक उपाधि जित्ने दावी गरिए पनि अपेक्षा विपरित सेमिफाइनलबाटै बाहिरिएको थियो ।
समूह चरणका खेलमा उत्कृष्ट प्रदर्शन गर्ने क्रममा नेपालले भारतमाथि २



