जी टिभी नेपालमा अनिश्चितकालका लागि बन्द गर्नुपर्ने मागको सुनवाई नभएको भन्दै तोडफोड
आश्विन १ गते, २०७० मा प्रकाशित
काठमाडौं । नेकपा-माओवादी सम्बद्ध अखिल नेपाल चलचित्र कर्मी संघले राजधानीको अनामनगरस्थित नेपाल केवल टेलिभिजन महासंघको कार्यालयमा तोडफोड गरेको छ । भारतीय सञ्चार माध्यम जी टिभीले केही दिनअघि एक कार्यक्रममा भगवान बुद्धबारे भ्रामक प्रचार गरेको भन्दै उनीहरुले तोडफोड गरेका हुन् ।
जी टिभी नेपालमा अनिश्चितकालका लागि बन्द गर्नुपर्ने मागको सुनवाई नभएको भन्दै चलचित्रकर्मी संघका कार्यकर्ताले तोडफोड गरेका हुन् ।
यता, नेपाल केवल टेलिभिजन महासंघका कार्यकारी निर्देशक राधेश्याम लेकालीले हचुवाको भरमा च्यानल बन्द गर्न नमिल्ने हामीसँगको कुराकानीमा बताए ।
तोडफोडबाट दुइ लाख बराबरको क्षति भएको बताईएको छ । भगवान वुद्धको जन्मस्थल सम्बन्धमा भ्रामक प्रचार गरेपछि जी टिभी प्रसारण नेपालमा २४ घण्टाका लागि रोकिएको थियो ।