नेपाल तेस्रो पटक एएफसी यु-१६ च्याम्पियनसिप फुटबलको फाइनल चरणमा प्रवेश


काठमाडौं  । नेपाल तेस्रो पटक एएफसी यु-१६ च्याम्पियनसिप फुटबलको फाइनल चरणमा प्रवेश गरेको छ । सन् २००० र सन् २००६ मा फाइनल चरण खेलेको नेपालले त्यसपछि पहिलो पटक फाइनल चरण खेल्ने अवसर पाएको हो । काठमाडौंमा सम्पन्न छनोट चरणमा सर्वाधिक सफल टिम बन्दै नेपाल फाइनल चरणमा पुगेको हो ।


समूह विजेता नेपालले अन्तिम खेलमा तुर्कमेनिस्तानलाई ४-० को फराकिलो अन्तरले पराजित ग-यो । नेपालका लागि कप्तान विमल घर्तीमगरले ह्याट्रिक पूरा गरे । त्यसैगरी दिनेश राजवंशीले एक गोल थपे ।
 
अपराजित रहँदै फाइनल चरणमा पुग्ने क्रममा नेपालले बहराइनलाई २