
काठमाडौं । नबरात्रको तेस्रो दिन आज शक्ति स्वरुपा, चन्द्रघण्टाको पूजा गरी मनाइदैछ ।
देशभर रहेका देवीका मन्दिरमा आज विहानैदेखि सर्वसाधारण भेला भएर पुजापाठ गरिरहेका छन् । काठमाडौंको दक्षिणकाली, गोरखाको मनकामना, हेटौडाको चुरियामाइ र भुटनदेबी लगायतका भगवतीको मन्दिरहरुमा विहानैदेखि भक्तजनहरुको ठुलो भीड लागेको छ ।
प्रतिपदादेखि पूर्णिर्मासम्म शक्ति स्वरुपा दुर्गा भवानीलाई शैलीपु, ब्रम्हचारिणी चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र बुद्धिदात्रीका रुपमा पूजा गरिने भएकाले यो चाड दुर्गा पूजाको नामले पनि प्रचलित छ । RSS